
नयाँ नेतृत्वसंग नयाँपनको आशा
कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया हो । कर्मचारीले नियमित कार्यालयीय काम गर्नु पनि सामान्य नै हो । तर कर्मचारीहरुको पनि नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारीले सामान्यका अलवा विशेष काममा पहल गर्छन् भने त्योचाहिँ सामान्य उचाइ भन्दा माथि उठेको मानिन्छ ।
आउँदा आउँदै उनले पत्रकारहरुसितको अन्तरक्रियामा ‘गोरखा समयलाई ब्राण्डिङ’ गर्ने विषय अघि सारेका छन् । त्यसको सुरुवात आफैबाट गर्ने उनको प्रतिवद्धता छ । त्यसपछि जिल्लाका सरकारी कार्यालय अन्तर्गतका कर्मचारीमा यसको अभ्यास गराउने उनको भावी योजना छ । ‘गोरखा समयको आगो पहिले आफूमा सल्काउने र विस्तारै अरुलाई सल्काउने’ उनको अवधारणा ज्यादै राम्रो छ ।
समय परिपालनामा लापार्बाही गर्ने नेपालीहरुको ‘कुलत’ हो । अर्थात कुनै पनि कार्यक्रम वा कामको आरम्भ गर्ने भनेको समयमा बल्ल घरबाट निस्कने कु अर्थात नराम्रो लत प्राय सबैमा छ ।
प्रतिस्पर्धात्मक दुनियाँमा समयको अति महत्व छ । थोरै समयमा धेरै काम गरे मात्र विकासको शिखरतिर यात्रा हुन्छ अन्यथा पाइला ओह्रालोतिर हुन्छ ।
प्रायः उच्च पदासिन जनप्रतिनिधि वा कर्मचारीले सजिलोसित आफ्नो कार्यकाल बिताउने दाउ हेर्ने गर्छन् । कमैले मात्र आफ्नो नियमित काममा अलवा अतिरिक्त सतकामले जनमन जित्ने प्रयास गर्छन् ।
घोँडा चढ्ने लड्छ भन्ने नेपाली उखान छ । यथाअवस्थामा नयाँपन दिन खोज्दा बाधा व्यवधान आउनु अस्वभाविक होइन । ठेस लाग्दैमा हिँड्न छोड्यो भने गन्तव्यमा पुग्न सकिँदैन त्यसैले बाधा व्यवधानसंग जुधेर अघि बढ्ने प्रयत्न गर्नुपर्छ ।
कामको सिलसिलामा अवश्य पनि आलोचना, प्रसंसा दुवै आउने गर्छ । आलोचनासित नआत्तिएर र प्रसंसासित नमात्तिएर काम गरेमा सफल भइनेछ अथवा सफलतातिर उन्मुख भइनेछ ।
तसर्थ नयाँ प्रजिअले प्रण गरेका नयाँ कामले सफलता पाउन् ।




