
सिर्दिबास निशुल्क स्वास्थ्य शिविर सुरु
चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा चारदिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । किमोलुङ फाउन्डेशनको आयोजनामा सोमबारबाट सिर्दिबास स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।
शिविरको पहिलो दिन पुरुष ७२ जना र महिला एक सय ६८ गरी दुई ४० जनाको स्वास्थ्य परीक्षण गरेको किमोलुङ फाउन्डेशनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए । शिविरको पहिलो दिन विरामीको चाप अत्याधिक भएको उनको भनाइ छ ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, कान, नाक, घाँटी रोग, स्त्रीरोग, अकुपंचर र हेपटाइटिस जाँच तथा खोप सेवा संचालन गरिएको थियो । फागुन १ गतेबाट सुरु भएको शिविर ४ गते सम्म चल्नेछ ।
शिविर सम्पन्न भएपछि फागनु ५ गते सिर्दिबास स्वास्थ्य चौकीकालाई विरामीको चेकजाँच गर्नेका लागि छिटो रिर्पोट प्राप्त गर्ने मेसिन हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
किमोलुङ फाउन्डेसनको पहलमा लाखौं रुपैयाँ बराबरको मेसिन हस्तान्तरण गर्न लागिएको र यसले विरामीको स्वास्थ्य अवस्थाको बारेमा जान्न सदरमुकाम जाने बाध्यता हट्ने उनले बताए । सोहि कार्यक्रममा चुमनुब्रीको विही र ल्हो स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिने समेत उनले बताए ।




