| शनिबार, बैशाख ८, २०८१

महिला हिंसाबारे प्रजिअमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

दरौँदी ः अन्तरपार्टी महिला संजाल गोरखाले महिला हिंसामा संलग्न सम्पूर्ण दोषिलाई दण्ड सजायको माग गर्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कैलालीको बोक्सी काण्ड, पर्सा, धनुषा लगायतका जिल्लाको बलात्कारको दोषीलाई तत्कालै कारबाहीको माग गर्दै सञ्जालले आइतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउँदै सञ्जालकी उपाध्यक्ष सम्झना देवकोटाले यसखाले हिंसाबारे बिद्यमान कानुन कडा नभएकै कारण हिंसा दोहोरिरहेको बताईन् । अन्तरपार्टी महिला सञ्जालले देशैभरीबाट प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो । सञ्जालकी कोषाध्यक्ष समेत रहेकी सम्झना देवकोटाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा दोषीलाई कुनै बाहनामा उन्मुक्ति दिइनु नहुने उल्लेख छ । समाजमा कतिपय घटनाहरु समाजमा नै मेलमिलाप गर्न खोज्ने र त्यहाँ कुरा नमिले मात्रै प्रशाासनमा उजुरी गर्ने प्रचलनले कारबाहीमा समस्या भएको समेत बताईएको छ । ध्यानाकर्षण पत्र बुझ्दै बस्नेतले भने ‘पिडीत पक्षले समयमै घटनाको सूचना सम्बन्धित निकायमा नदिनाले अपराध अनुसन्धानमा प्रभाव पर्छ, पीडितले न्याय पाउन ढिला हुन्छ ।’ फौजदारी अपराधका घटनाहरु कतिपय ठाउँमा सामान्य मेलमिलापबाट नै समाधान गरिने भएकाले अपराधीहर प्रोत्साहित भई फेरी अपराधिक घटना दोहो¥याउन सक्नेतर्फ सचेत गराए । नेपालमा महिला हिंसा बिरोधी कानुन बलियो नभएकाले पटकपटक यस्ता घटना दोहोरीरहेको तर्क गदैए बस्नेतले हिंसा न्युनिकरण गर्न चेतनामुलक कार्यक्रम गर्न सञ्जाललाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्