| मङ्लबार, कार्तिक २४, २०८३

रेडक्रस गोरखाद्धारा स्थापना दिवसको अवसरमा गुरुकुललाई खाद्यान्न सहयोग

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले स्थापना दिवसको अवसरमा गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । गोरखा सदरमुकामका बुधबार एक कार्यक्रम गरी रेडक्रसले ५० वर्ष पुरा गरेको अवसरमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

स्थापना दिवसको अवसरमा खाद्यान्न तथा भाडाकुडा वितरण गरिएको रेडक्रस गोरखाका शाखा प्रमुख सुवास घिमिरेले बताए । गुरुकुललाई ४५ वटा कम्मल, २५ वटा वाल्टी, दुई सेट भाँडाकुडा, १२ थान म्याटेक्स, दुई बोरा चामल, एकसेट ग्यास सिलिण्डर, १० किलो दाल र नुन, सावुन लगायत हस्तान्तरण गरिएको उनले बताए । शाखाले विद्यालयका शिक्षक गणेश भट्टराईलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

गोरखा शाखा २०२९ माघ ४ गते स्थापना भएको थियो । कार्यक्रममा प्रमु्ख जिल्ला अधिकारी शंकरहरि आचार्यले रेडक्रस मानवीय सेवा र विपद्मा तल्लीनरत संस्था भएको बताए ।

रेडक्रसको केन्द्रमा राजनिति हस्तक्षेपको कारणले स्वंयसेवकहरुमा मनोवल गएता पनि जिल्ला शाखा गोरखाले धेरै राम्रो काम गर्दै अघि बढेको उनले बताए ।

कार्यक्रमलाई शाखाका मन्त्री भिमसेन काजी बानियाँले सहजीकरण गरेका थिए । कार्यक्रममा शाखाका उपकोषाध्यक्ष निधिप्रसाद तिमिल्सीना, सभापति यदुविलाश भट्टराई, गुरुकुल विद्यापिठका शिक्षक गणेश भट्टराई, शाखाका उपमन्त्री नवराज उपाध्याय, उपशाखाहरुको तर्फबाट ताप्लेका सचिव एवं पुर्व कोषाध्यक्ष कुमार बानिया, पुर्व सभापतिहरु शुक्रराज पन्त, भगवान बावु मास्के लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्