
भूकम्प दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
गोरखामा भूकम्प दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
२५ औ भूकम्प दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको आयोजनामा सोमबार रक्तदान कार्यक्रम भएको हो ।
उत्त कार्यक्रममा २ नना महिला र ९ नौ जना पुरुष गरी ११ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका शाखा प्रमुख सुवास घिमिरेले जानकारी दिए ।
गोरखामा रहेको ब्लड बैङ्गमा रगत अभाव नहुने गरी आवश्यकता अनुसार नेपाल रेडक्रस सोसाइटी र यस मार्फत रहेका उपशाखा तथा जिल्लाका विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।
१० गते पुन अश्राङमा रक्तदान कार्यक्रम आयोजना हुने जनाएको छ ।




