
संस्कृति जोगाऔँ, बिकृति भगाऔँ
‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ अनि संस्कृति हराए हाम्रो पहिचान हराउछ’, भन्ने उक्ति निकै प्रचलित छ । यसले संस्कृति र मानव अस्तित्वलाई परस्परका पुरक बनाएको छ ।
आहुति भन्छन्, ‘मानिसले बौद्धिक र शारीरिक श्रमद्वारा निर्माण गरिएको प्रत्येक वस्तु र चेतनालाई संस्कृति भनिन्छ । वस्तुगत आवश्यकताले संस्कृति जन्मिन्छ तर फेरि संस्कृतिले वस्तुलाई अर्थात समाजलाई नै परिवर्तन गर्न पनि भूमिका खेल्छ ।
सजिलोका निम्ति संस्कृतिलाई भौतिक संस्कृति र बौद्धिक संस्कृतिका रूपमा विभाजन गरेर पनि अध्ययन गरिन्छ तर वस्तुतः बौद्धिक र भौतिक संस्कृतिलाई अलग्याउन भने सकिँदैन ।’ मानिसले आफ्नो जीवनलाई व्यवस्थित गर्न गर्ने निरन्तरको प्राकृतिक एवं सामाजिक प्रक्रियाका कारण पनि संस्कृतिको जन्म हुन पुग्छ ।
संस्कृतिले खास समय र समाजको चेतनाको स्तरलाई प्रकट गर्ने गर्छ, त्यसैले संस्कृतिमा खास समय र समाजको विचारधारा व्यक्त हुन्छ । खास संस्कृतिको जन्म मुख्य रूपमा खास उत्पादन सम्बन्धका कारणले हुन पुग्छ ।
प्रसंग हो, हिमाली भेगमा प्रचलित छेत्तर परम्पराको, जहाँ वुद्धधर्मावलम्बीहरु मात्रको बसोबास छ । त्यहाँ अहिंसाका पक्षपातीहरु प्राणी हत्याको विपक्षमा छन् । चुम उपत्यका त पूर्ण रुपमा शाकाहारी नै छ । नुब्री उपत्यका पनि चुम जत्तिकै नभए पनि त्यहाँ पनि काटमार निषेध छ ।
त्यहाँको याक चौँरीको हिंसा विरोधी परम्परा हो छेत्तर । लामा गुरुहरुले निश्चित रकम तिरेर घरधनीसित याक, चौँरी संकलन गर्छन् । तिनीहरुलाई लामा गुरुहरुले कानमा पाँच रङको वस्त्रको जन्तर बनाएर बाँध्छन् र जंगलमा लगेर छाड्छन् । त्यसपछि ती याकचौँरीलाई काटमार गर्न पाइँदैन । भारी बोकाउन पनि पाइँदैन । तिनीहरुको दूध खान पनि हुदैन भन्ने मान्यता छ ।
यो संस्कृतिले अहिंसा फैलाउन टेवा पु¥याउँछ त्यसैले यसको प्रसंसा नगरिरहन सकिँदैन ।
संस्कृति र विकृति मानव जगतमा विद्यमान छ । हामीले संस्कृतिलाई बचाउनु पनि पर्छ, फैलाउनु पनि पर्छ, तर विकृतिलाई हटाउनु पर्छ ।




