| सोमवार, कार्तिक २३, २०८३

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिकचार घण्टा सवारी आवागमन रोकिने भएको छ।
सडक खण्डमा पर्ने पुलनिर्माणका लागि सवारी रोक्नलागिएको हो ।

जिल्लाप्रशासनकार्यालयचितवनमाआज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाकालागि सडक रोकेर कामगर्ने निर्णय गरिएको छ। सडकबिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ।

भौगोलिक रुपमा कठिन ठाउँमा रहेकासिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जीखोलापुलनिर्माणका लागि पहाड काट्ने लगायतकाकामको लागि सवारी आवागमन रोक्नलागिएको हो ।

प्रमुखजिल्लाअधिकारी अश्मानतामाङको अध्यक्षतामाभएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ। यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतकाभारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्मबिहान १०ः५० बजेदेखि रोकिने छ।

काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिनबजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्मबिहान १०ः५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमाबिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ।

बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमाएम्बुलेन्स, दमकललगायतकाअत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ। यस्तै, पोखरा(काठमाडौँ सञ्चालनहुने सवारी सहज सञ्चालनकालागि ट्राफिक कार्यालयले समन्वयगर्ने भएको छ। निर्माण कार्यलाई तीव्रतादिननिर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालनगर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमागरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्