| आइतवार, मंसिर २२, २०७६

फेसबुकको जाल ः आर्मीको मेजर बनेर धनाढ्य महिला फसाउँने बस कन्डक्टर

पोखरा महानगरपालिका कार्यालयमा फेसबुक प्रतिबन्ध !

पोखरा, चैत १८ । पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लाग्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वाइफाइ कनेक्सनबाट नेट चल्ने कम्युटर, मोवाइल, ल्यापटपमा महानगरपालिकाले आइतबारदेखि कार्यालय समयमा फेसबुक नचल्ने बनाईएको हो ।
कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउदा सेवा ग्राहीको काममा बाधा परेको भन्दै कार्यालय समयमा फेसबुक नचल्ने बनाईएको मेयरका स्वकीय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । कर्मचारी कामभन्दा फेसबुकमा बढी अभ्यस्त हुन थालेको जनगुनासो बढेपछि महानगरले सर्भरबाटै बन्द गर्नु परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्