| सोमवार, कार्तिक २३, २०८३

चुनावका दिन बिहानैदेखि दिनभर सवारी साधन नचल्ने

यही मंसीर ४ गते आइतबार निर्वाचनका दिनमा अनुमति प्राप्तबाहेकका सवारी साधन नचल्ने भएको छ । मतदान कार्यक्रमलाई शान्त र भयरहित रुपमा सम्पन्न गर्न अनुमति प्राप्तबाहेक अन्य सवारी साधन चल्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्म अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन चलाउन रोक लगाएको हो ।

मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्म अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधनहरु बाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

साथै सूचनाको उल्लंघन गरी सवारी चलाएमा कानुन बमोजिम कारबाही गरिनेसमेत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्