| सोमवार, कार्तिक २३, २०८३

बदर मतको दर घटाऔँ

विकास आफ्नै गतिमा हुन्छ । विकासका संवाहक मान्छेले सक्रिता बढायो भने त्यसको गति पनि बढ्छ । अहिलेको चुनौति नै विकासको गति बढाउने छ ।

चुनाव लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड हो । निरंकुशतामा सर्वोच्च नेताले आफू तलका इकाइका नेता चुन्छ । लोकतन्त्रमा जनताले नेता चुन्छन् । यही चुनाव हुन थालेको पनि दशकौँ भयो तर अझै चुनावमा प्रसस्त त्रुटी छन् ।
चुनावमा त्रुटी भयो भने जित्न नहुनेले जित्छ, हार्न नहुनेले हार्छ । जित्नेले पनि ल्याउनु पर्ने मतभन्दा थोरै मत ल्याउँछ किनभने त्रुटीले बदर मतको दर बढ्छ । अहिलेसम्म यो समस्या टड्कारो छ ।

यसअघिको पछिल्लो भनिएको २०७४ को निर्वाचनमा एकलाख २३ हजार ७१९ मत खसेकामा छ हजार ९५६ मत बदर भएको थियो । निर्वाचन कार्यालयको तथ्यांक अनुसार क्षेत्र नं. १ मा ९८ हजार ६२२ मतदाता थिए । तीमध्य जम्मा ६३ हजार ६९४ मत मात्र खसेको थियो । त्यसमा चारहजार ३२० मत बदर भएको थियो ।

त्यस्तै क्षेत्र नं. २ मा ९० हजार ८२६ जना मतदाता रहेकामा जम्मा ६० हजार ११५ मत मात्र खस्यो । जसमध्य दुईहजार ६३६ मत बदर भएको थियो । बदर मतको संख्या यो निक्कै ठूलो हो ।

मतदाता शिक्षाको अभावका कारण यस्तो हुने गर्छ । अहिले साक्षरता प्रतिशत बढिरहेको छ । भोट हाल्ने अनुभव पनि धेरै छ तैपनि चुनावमा भोट हाल्न बिगार्ने समस्या ठूलै रुपमा छ । उनीहरुलाई बदर नहुने गरी मतदान गराउन सबै राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक अगुवा तथा सरकारी संयन्त्रले पनि पहल गर्नुपर्छ । राज्यको यति धेरै खर्चमा निर्वाचन भइरहेको छ, तर ठूलो संख्यामा नागरिक मतदानमै सहभागी नहुनु, मतदान गरेकाहरुले पनि बदर मतदान गर्नु दुखको कुरा छ । त्यसैले मतदाता शिक्षा बढाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्