
चुमबासीको रोदन सम्बोधन होओस्
भूकम्पले गर्दा सर्दीभीरमा अपार पहिरो गएपछि स्थानीयबासी डोरी टाँगेर सो पहिरो काट्न थालेका थिए । एक्काइसौँ सताव्दीमा पनि चुम्चेत र छेकम्पारका बासिन्दाले डोरीमा झुण्डिएर ज्यान जोखिममा राखेर हिड्नु परेको बिषय समाचारका बिषय बन्यो ।
त्यसपछि डिएफआइडी नामक आइएनजीओले सो ठाउँमा क्यान्टिलिभर पुल बनाइदियो । सो पुल चुम उपत्यकाबासीलाई वरदान सावित भयो ।
यो बीचमा बेलबेला ढुंगा झरेर कहिले स्ल्याब, कहिले बार भत्काउने, बिगार्ने गरेको थियो । यसपाली बर्खा सिद्धिएपछि परेको अविरल बर्षापछिको पहिरोले क्याण्टिलिभर पुलमा ठूलो क्षति पु¥यायो । जसले गर्दा स्थानीयबासी आवतजावत ठप्प भयो । यसअघि सर्दीभीर र लोक्पाको बीचमा ठूलो पहिरो झरेका कारण असारदेखि आवतजावत ठप्पप्राय थियो ।
पानी पर्न छाडेपछि पहिरो रोकिने विश्वास स्थानीयबासीमा थियो । तर अब पानी पर्न छाडे पनि, पहिरो झर्न छाडेपनि, हिडडुल गर्न सकिने अबस्थामा छैन । बाटो अवरुद्ध हुँदा छेकम्पार र चुम्चेतमा पर्यटक पुग्न सकेका छैनन । पर्यटन व्यवसायमा आश्रितहरुलाई यसबर्ष पनि ठूलो धोका भएको छ । कोभिडले तीन बर्ष थला परेको होटल व्यवसाय यसबर्ष केही सुधार हुने आशामा रहेका चुम उपत्यकाका व्यवसायी अहिले पनि समस्यामा छन् ।
स्थानीय बासिन्दा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ओसार्न पाएका छैनन् । बर्खाको दुई महिनाका लागि जेनतेन जोहो गरेर बसेका उनीहरु चार महिनासम्म ढुवानी ठप्प भएपछि चपेटामा छन् । भर्खरै गहुँ भित्र्याएकाले भोकमरी लागिहाल्ने अबस्था त होइन, तर खाइपाइ आएको चामल सिद्धिएको छ । तेल, नून, चिनी, चियापत्ती लगायतका अत्यावश्यकीय सामानको अभाव भएकोछ । यस्ता सामानको अभावले स्थानीयबासीको जीवनयापनमै समस्या परेको छ । धार्मिक, सांस्कृतिक क्रियाकलाप रोकिएका छन् ।
गतबर्ष पनि यस्तै समस्या हुँदा सरकारले हेलिकोप्टरबाट ढुवानी गरी चामल पु¥याएको थियो । धेरथोर भने पनि राहत भएको थियो । तर यसपाली त्यो पनि हुन सकेको छैन । तसर्थ सम्बन्धित निकायले अल्पकालीन र दीर्घकालीन नीति योजना बनाएर सो क्षेत्रका बासिन्दालाई समस्यामुक्त बनाउनु पर्छ ।




