| मङ्लबार, कार्तिक २४, २०८३

संविधान दिवसको अवसरमा गोरखामा सरसफाई एवं बिरामीलाई फलफुल बितरण

संविधान दिवसको अवसर पारेर गोरखामा बिभिन्न कार्यक्रम भएको छ । सोमवार बिहान जिविस चोकदेखि सरकारी कार्यालय हातामा सरसफाई गरिएको थियो । सुरक्षाकर्मी, कार्यालय प्रमुखहरु सहितको उपस्थितिमा सरसफाई भएको हो । उक्त कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक लगायतको उपस्थिति थियो ।

यस्तै दिवसको अवसरमा गोरखा अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ । अस्पतालमा भर्ना भएका २७ जना बिरामीलाई फलफुल बितरण गरिएको हो । फलफुल बितरण गर्नुअघि अस्पतालको हलमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना र नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, अखिल नेपाल सरकारी अस्थायी करार कर्मचारी संगठनको सह आयोजनामा उक्त कार्यक्रम भएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा भएको कार्यक्रममा बार एशोसिएशनका अध्यक्ष यादव शर्मा, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, मानव अधिकार सञ्चालका संयोजक यदु अधिकारी, कर्मचारी युनियनका उपाध्यक्ष कल्पना दवाडी अर्याललगायतले मन्तब्य राखेका थिए । सहभागीहरुले संविधानको कार्यान्वयनमा सरोकारवाला जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए । उक्त कार्यक्रमको सहजिकरण कर्मचारी संगठनका सचिव अनिल गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्