| सोमवार, कार्तिक २३, २०८३

जरेबर सडकमा व्यवधान हटाएर चाँडो काम सुचारु गर

जरेबरमा सडक नबनाई पुल बनेको बिषय सर्वत्र आलोचित बन्यो । आलोचित मात्र बनेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गम्भीर अनुसन्धानको बिषय पनि बनिरहेको छ ।

अहिले पूर्वाधार कार्यालयले हतारहतार पुलसम्म पुग्ने गरी सडक निर्माणको काम सुरु ग¥यो । तर हतारमा वन कार्यालयसित अनुमति लिन भ्याएन वा प्रयास गरेन । जसको नतिजास्वरुप वन कार्यालयले काम रोकेको छ । वन क्षेत्रभित्र प्रक्रिया नपु¥याई सडक निर्माण गर्न नपाइने भन्दै कार्यालयले काम गरिरहेको अबस्थामा अवरोध गरेको छ । जनता विकास चाहन्छन् ।

विकासलाई प्राथमिकतामा राख्नुपर्छ । त्यहाँ सडक निर्माण अपरिहार्य छ । पुल अपरिहार्य छ । सडक सञ्जालले नजोड्दा बर्षौँदेखि त्यस क्षेत्रका बासिन्दा हिँडेर वारपार गर्न बाध्य छन् । फाँटको कृषि उपज भित्र्याउन पनि मान्छेले बोक्नुपर्ने बाध्यता छ, कि बैकल्पिक बाटो हुँदै घुमाएर ल्याउनु पर्ने बाध्यता छ ।

यदि त्यहाँ पुल चालु भयो, सडक निर्माण भयो भने गोरखाबाट नयाँसाँगु, जरेबर क्षेत्र जान धेरै छोटो पर्न जान्छ । समय पनि धेरै कम खर्च हुन्छ । तसर्थ त्यहाँ सडक, पुल निर्माण र सञ्चालन हुनु अति आवश्यक छ । त्यहाँको सडक र त्यहाँको पुलको अपरिहार्यता बारे धेरैले चर्चा गरिरहेका छन् । त्यसैले त्यहाँ सडक बन्नुपर्छ, पुल बन्नुपर्छ, नागरिकले सेवा पाउनु पर्छ । मुलुक विधिले चल्नु पर्छ ।

भीडले विधि होइन, विधिले भीड परिचालन गर्नुपर्छ । त्यत्ति संविधान सभाबाट संविधान निर्माणका लागि नेपाली राजनीतिले ७० बर्ष कुर्नुप¥यो । धेरै योगदान, बलिदानले प्राप्त विधि, विधानलाई उपहास, उपेक्षा गर्नु पनि हुँदैन । त्यसैले विधि, विधानलाई शीरमा राखी, विधि, विधानले निर्दिष्ट बाटोबाट अल्झनहरुलाई हटाएर विकासको काम तत्काल अघि बढाउनु पर्छ ।

त्यसका लागि सो क्षेत्रमा बसोबास गर्ने जानकार व्यक्तिहरु, सामाजिक अगुवाहरु, नेता, जनप्रतिनिधिहरु एकजुट, एकमत भएर पहल गर्नुपर्छ । विकास कुनै पार्टी विशेषलाई मात्र चाहिने होइन, तसर्थ सर्ब दलीय सहमति जुटाएर विकासका लागि एकजुट हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्