
दुर्गममा कादुरी बरदान
भूकम्पका बेला गोरखाको दुर्गम क्षेत्रमा काम गर्ने गरी आएको एक विदेशी संस्थाले ‘दुर्गमबासी सरकारप्रति आस्वस्त कि एनजीओ, आइएनजीओप्रति’ भन्ने एक अध्ययन गरेको थियो । पिपुल इन निड(पिन) नामक सो संस्थाले अध्ययन गरी प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।
सो प्रतिवेदनमा त्यहाँका बासिन्दा सरकारप्रति भन्दा एनजीओ, आइएनजीओप्रति बढि आस्वस्त रहेछन् भन्ने प्रतिवेदन सार्वजनिक ग¥यो । सरकारी अधिकारीहरु नै सहभागी भएको कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गर्दा पनि अधिकारीहरु मौन रहे ।
सरकारसंग अनुमति लिएर सरकारी कामलाई सघाउन फिल्डमा गएको गैरसरकारी संस्थाले सरकारकै उपेक्षा हुनेगरी अध्ययन र प्रतिवेदन तयार गर्नु बदमासी हो भनेर दरौँदी दैनिक पत्रिकाले समाचारको बिषय बनायो । त्यसपछि त्यतिबेलाको जिल्ला दैवी प्रकोप उद्धार समितिले उसको कार्य अनुमति रद्ध ग¥यो । संस्था फिल्डबाट फिर्ता भयो । संस्थाका त्यतिबेलाका जिल्ला संयोजकले जिल्ला छाडे ।
दुर्गममा काम गर्ने कतिपय संस्थाहरुले आफूलाई धेरै माथि, सरकारभन्दा पनि माथि ठान्ने प्रवृत्ति छ । तर कादुरी संस्थाको बिगत २५ बर्षको कार्यशैली अध्ययन गर्दा यस्तो देखियो, उसले स्थानीयबासीको मन जित्यो । स्थानीयबासीले सो संस्थालाई उज्यालो दिने संस्थाको रुपमा लिने गरेका छने । जहाँ अप्ठेरो परेको छ, त्यहाँ सघाउने संस्थाका रुपमा नाम लिने गरेका छन् ।
सो संस्थाले दुर्गम गाउँका विभिन्न २० ठाउँमा झण्डै ८० करोड खर्च गरेर विद्युत उत्पादन गरी छ हजार पाँचसय ८२ घरधुरीमा विजुली बत्ती बालेको छ । त्यहाँका ३३ हजार आठसय २९ जनाले विजुली बत्तीबाट लाभ लिन पाए । तथापि कादुरीले आफूलाई कहिल्यै सर्वेसर्वा ठानेन । दुई दशक भन्दा लामो समयदेखि जनमन जित्ने काम गर्दा पनि आफूलाई सरकार भन्दा ठूलो कहिल्यै ठानेन । र त्यस क्षेत्रका बासिन्दाले कादुरीलाई दुर्गमको उज्यालोको सारथी संस्थाका रुपमा नाम पुकार्छन् ।




