| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा ५८ औं बालदिवसको अवसरमा चित्रकला प्रतियोगिता

रुम टु रिड नामक एक सामाजिक संस्थाले गोरखामा ५८ औं राष्टिूय बालदिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । सो संस्थाद्वारा कार्यक्रम लागु भएका विद्यालयहरुमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।

बालिका शिक्षा कार्यक्रम अन्तर्गत बालिका शिक्षा कार्यक्रम लागु भएका गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, भीमसेनथापा गाउँपालिका र सिरानचोक गाउँपालिकाका विद्यालयहरुमा चित्रकला प्रतियोगिता सम्पन्न भएको रुम टु रिड गोरखाअन्तर्गत बालिका शिक्षा कार्यक्रमका संयोजक ज्योति आचार्यले बताए ।

‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित गोरखामा ५८ औं राष्टिूय बालदिवसको अवसरमा ‘हाम्रो बाल मैत्री समाज’ भन्ने विषयवस्तुलाई आधार बनाएर चित्रकला प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिइन् ।

चित्रकला प्रतियोगितामा १४ वटा विद्यालयहरुमा कक्षा ५ र ६ मा अध्ययनरत ७१३ बालबालिकाको सहभगी थिए । बालबालिकाहरुमा सिर्जनात्मक क्षमताको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले चित्रकला प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।

प्रत्येक विद्यालयमा गरिएको चित्रकला प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने बालबालिकाहरुलाई शैक्षिक सामग्री पुरस्कार स्वरुप प्रदान गरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्