
गोरखा नगरपालिकालाई रोटरीद्वारा ३ थान ह्विलचियर प्रदान
गोरखा नगरपालिकालाई रोटरी क्लब अफ गोरखाले तीनथान ह्विलचियर प्रदान गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमका बीच नगरपालिकालाई ह्विल चियर हस्तान्तरण गरेको अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।
रोटरी क्लब अफ धुलिखेल र पोखराको समन्वयमा प्राप्त ह्विलचियर गोरखा नगरपालिकाभित्रका अपांगता भएका नागरिकको सहजताका लागि सहयोग पु¥याउने उद्देश्यले प्रदान गरिएको क्लबका अध्यक्ष ढकालले बताए ।
ह्विलचियर नगरप्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख सपना पुन र प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाललाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।
क्लबले यसअघि भीमसेन थापा गाउँपालिका र गोरखा अस्पताललाई समेत ह्विलचियर प्रदान गरिसकेको जनाएको छ ।




