
बजारका खाद्य बस्तुको नियमित अनुगमन गर्नु आवश्यक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको प्रतिवेदनमा हामीले दिनहुँ खाने गरेका सामग्री कति विषाक्त रहेछन्, भन्नेबारे एउटा अत्यासलाग्दो विवरण सार्वजनिक ग¥यो । २ हजार ८४ वटा नमुना संकलन गरी परीक्षण गर्दा १ सय २७ सामग्री गुणस्तरहीन भेटिएरु। सर्वसाधारणले दिनहुँ उपभोग गर्नैपर्ने पानी, तेल, घिउ, दही, चाउचाउ, मिठाई, कुकिजलगायत खाद्यवस्तु पनि गुणस्तरहीन भेटिएरु। त्यस्तै दाना, प्रशोधित पिउने पानी, खाद्यान्न र खानेतेलमा गुणस्तरको समस्या सबभन्दा बढी देखियोर ।
बजारमा छ्यापछ्याप्ती न्यून गुणस्तरका खान्कीबारे विशेष गरी सरकारसहित सरोकारवाला निकाय गम्भीर नबन्नु उदेकलाग्दो छ । सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई सरकारले एउटा प्रक्रिया मात्रै पूरा गरेर खेलबाड गरिरहेको छरु। अनुगमन, नमुना संकलन र कैफियत देखिँदा कारबाही गर्ने प्रक्रियामा मात्रै होइन, नीतिनियम, इजाजतका प्रक्रिया र खाद्य निरीक्षकहरूका विषयमा समेत पर्याप्त ध्यान दिन सकेको देखिँदैन ।
झन्डै ३ करोड जनसंख्या रहेको मुलुकमा खाद्यान्नको गुणस्तरबारे हेर्ने सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जम्मा साढे ३ सय कर्मचारीको दरबन्दी छरु। तिनमा करिब २ सय कर्मचारीले अहिले यो विभागका सबै काम गरिरहेका छन्रु। यसरी हेर्दा ६ लाख जनसंख्याले प्रयोग गर्ने खाद्यान्न निरीक्षणको काम एक जना खाद्य निरीक्षकले गर्नुपरेको छ ।
खाद्यान्नको गुणस्तर हेर्ने प्रयोगशाला झन् थोरै छन् । काठमाडौं उपत्यका, हेटौडा, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगरमा मात्रै एक(एकवटा प्रयोगशाला छन्, जहाँ कसैले उजुरी गरे वा तोकिएको अख्तियारीअनुसार वार्षिक कोटा पु¥याउनका लागि मात्रै खाद्यको गुणस्तर परीक्षण गरिन्छ ।
सबै बजारमा कस्ता खाद्य सामग्री बेचिएका छन्, उपभोक्ताले कस्ता सामग्री किनिरहेका छन् ? यो दैनन्दिन हेर्नुपर्ने बिषय हो, तर यो हेर्ने निकाय जिल्लामा छैन । बर्षमा मुस्किलले एकफेर आएर हेरेर जनस्वास्थ्यमा पर्न जाने खराब असर नियन्त्रण गर्न सकिँदैन ।
सरकारले खाद्य सुरक्षा हेर्ने निकाय जिल्ला जिल्लामा राख्नु जरुरी छ । अनि ती निकायले जिल्लाभित्रका सबै बजारमा नियमित जाँच अनुसन्धान गर्नु अपरिहार्य बिषय हो ।




