
गोरखा चेम्बर अफ कमर्सको ३ वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न
गोरखा चेम्बर अफ कमर्सको ३ वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पालुङटार नगरपालिका–७ स्थित भदौ २४ र २५ गते सञ्चालन भएको गोष्ठी जिल्लाको आर्थिक समृद्धिका लागि गोरखा जिल्लाका ब्यवसायीहरुको प्रबद्र्धन र विकास गर्ने उद्देश्यका साथ उद्योग, वाणिज्य, कृषि र पर्यटन क्षेत्रलाई केन्द्रित गरी ३ वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको चेम्बर अफ कमर्सले जनाएको छ ।
गोष्ठीको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरले उद्घाटन गरेका थिए । गोष्ठीको उद्घाटन कार्यक्रममा नगर प्रमुख राना मगरले गोरखा नगर र गोरखा जिल्लाको समग्र आर्थिक स्थितिलाई उकास्नेतर्पm लक्षित गरी कार्यक्रमको योजना तयार गर्न चेम्बरलाई सुझाव दिएका थिए । गोरखा नगरपालिकाका बासिन्दाहरुको अवस्थालाई विकास गर्ने, प्रबद्र्धन गर्ने, आर्थिक स्थितिलाई उकास्ने खालका कार्यक्रम तय भई आएमा गोरखा चेम्बर अफ कमर्श जस्ता नीति क्षेत्रसँग नगरपालिकाले सहकार्य गर्न सक्ने समेत उनले बताए ।
त्यसैगरी विशेष अतिथि गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले महिला र ग्रामीण क्षेत्रमा बसोबास गर्ने, ब्यवसाय गर्ने जनताको हित हुने कार्यहरु गर्न, उपभोक्ताहरुको स्वास्थ्य र आर्थिक समृद्धिप्रति ख्याल गर्दै कार्यक्रम गर्न सुझाव दिएका थिए । उद्घाटन कार्यक्रममा नेपाल ओमन चेम्बर गोरखाका अध्यक्ष ज्ञानु अधिकारी अर्याल, गोरखा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
उक्त गोष्ठीमा गोरखा चेम्बरको कार्य समिति बोर्ड, वस्तुगत संघका पदाधिकारीहरु, नेपाल ओमन चेम्बर गोरखाका पदाधिकारी लगायत गरी २७ जनाको उपस्थिति रहेको थियो । गोरखाको उद्योग, वाणिज्य, कृषि र पर्यटन क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनका निम्ति समूहगत छलफल गरी विभिन्न कार्यक्रमहरुको योजनाको डूाफ्ट गोष्ठीबाट तयार गरिएको छ । उक्त गोष्ठीबाट तयार भएको योजनाको डूाफ्टलाई गोरखा चेम्बर अफ कमर्शको बोर्डको बैठकबाट पारित गरी कार्यान्वयन चरणमा लगिने गोरखा चेम्बर अफ कमर्सका महासचिव विष्णु राना मगरले जानकारी दिए ।
गोरखा चेम्बर अफ कमर्शको अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त गोष्ठीको समुद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा गोरखा नगरपालिकाका नगर उपप्रमुख मसलीमाया थोकर, अतिथि स्रोतव्यक्ति विनय महर्जनको उपस्थिति रहेको थियो ।




