| मङ्लबार, कार्तिक २४, २०८३

आज देखि मनकामना केबुलकार नियमित रुपमा सुचारु

नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबुलकार आज देखि नियमित रुपमा सूचारु भएको छ । केवलकार मर्मत कार्य एक हप्ता अगाडि नै सकिएकाले केबुलकार सेवा नियमित रुपमा संचालन गरिएको मनकामना दर्शन प्रालीले जनाएको छ ।

यसअघि केवलकारको मर्मत नसकिँदा सम्मका लागि भन्दै साउन २३ गतेदेखि सेवा बन्द भएकोे थियो ।

कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको थियो । यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्टपुर्जा फेरिएको कम्पनीले जानकारी दिएको छ ।

केबलकारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरू फÞेरिएको छ भने गियर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्य गरिएको छ । यसैगरी ४ टावरहरूको पार्ट्स फेर्ने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्य अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको कम्पनीले जनाएको छ ।

२०५५ साल मंसिर ८ गतेबाट नियमित रुपमा संचालन आएको केबुलकार यो अवधिमा एक करोड ६५ लाख तिर्थ यात्रीले केवुलकार प्रयोग गरिसकेको मनकामना दर्शन प्रालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्