| सोमवार, कार्तिक २३, २०८३

विद्यालय खाजा कार्यक्रमको प्रभावकारिता

यसअघि पनि विभिन्न जिल्लाका विभिन्न विद्यालयहरुमा विभिन्न संघसंस्थाहरुले विद्यालय खाजा कार्यक्रम सञ्चालन गरेको थियो । खाजा कार्यक्रमका कारण विद्यार्थीहरु नियमित विद्यालय आउन थालेका थिए । कतिपय आर्थिक रुपमा विपन्न विद्यार्थीहरु, जसलाई घरमा पर्याप्त खाना र खाजाको राम्रो प्रवन्ध हुन्नथ्यो, उनीहरुका लागि त झन यो कार्यक्रम निक्कै प्रभावकारी थियो । सामुदायिक विद्यालयमा यस्ता वर्गका विद्यार्थीको कमी छैन भन्ने कुरा स्वीकार गर्नुपर्छ ।

विद्यालय खाजा कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी आएको थियो । आधा दिनमै कक्षा छाडेर घरतिर भाग्ने क्रम पनि यो कार्यक्रमले न्यूनिकरण गरेको बारे सरकार जानकार थियो त्यसैले यसअघिको सरकारले विद्यालय खाजा कार्यक्रम घोषणा ग¥यो ।

तर सो कार्यक्रम शिशु कक्षादेखि कक्षा ६ सम्म सीमित थियो । भलै प्रभावकारिता र सरकारको बजेटको अनुकूलता हेरेर पक्कै पनि ठूला कक्षाहरुका लागि पनि विस्तार गर्ने थियो । छिट्टै वा ढिलो पनि हुनसक्थ्यो । तर गोरखा नगरपालिकामा कार्यरत एक सामाजिक संस्थाले कक्षा सातदेखि माथिका सबै कक्षाका विद्यार्थीहरुका लागि खाजा कार्यक्रम लागु ग¥यो । त्यसका लागि सम्बन्धित विद्यालय र नगरपालिका कार्यालयसित पनि साझेदारी ग¥यो ।

अर्थात प्रतिदिन, प्रतिविद्यार्थी रु ३० बराबरको खाजा खुवाउने कार्यक्रम लागु ग¥यो, जसमा संस्थाले प्रतिविद्यार्थी, प्रतिदिन रु २० योगदान र नगरपालिका कार्यालय र सम्बन्धित विद्यार्थीले रु ५÷५ योगदान गर्नुपर्ने प्रावधानको व्यवस्था ग¥यो । नगरपालिका र सम्बन्धित विद्यालय तयार बनेपछि यो कार्यक्रम यही भदौ महिनाबाट लागु भएको छ । यसले गर्दा घरबाट खाजा ल्याउन नसक्ने, खाजा किन्न पैसा ल्याउन नसक्ने र घरमा पेटभर खाना खान नसक्ने गरीब घर परिबारका विद्यार्थी धेरै लाभान्वित भएका छन् ।

त्यतिमात्र नभै यो कार्यक्रमबाट २८ जनाले रोजगार पाएका छन् । कृषि सामग्री उत्पादन गर्ने तथा सामान आपूर्तिगर्ने व्यापारी, व्यवसायी पनि लाभान्वित भएका छन् । यो कार्यक्रम अहिलेलाई तीनबर्षका लागि भनिएपनि यदि सरकारले लागु गर्न सकेन भने अझै लामो समयका लागि लागु गर्नु उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्