
निजामती सेवा दिवसको अवसरमा गोरखा संग्रहालयमा वृक्षारोपण
गोरखामा वृक्षारोपण कार्यक्रम आयोजना गरी १९ औँ निजामती सेवा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा कर्मचारी मिलन केन्द्र गोरखाको सहयोगमा बुधबार विहान निजामती सेवा दिवस मनाइएको हो ।
कार्यक्रममा अवसरमा गोरखा संग्रहालय परिसर भित्र वृक्षारोपण गरिएको थियो । संग्रहालय भित्र सिरखण्ड, कपुर, फलपूmल लगायतका विभिन्न जातका ६५ वटा भन्दा बढी बोटविरुवा रोपिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा सहित दिवस मनाएको उनले बताए ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष शारदा प्रसाद भट्टराई, कर्मचारी मिलन केन्द्रका अध्यक्ष केशव देवकोटाले शुभकामना मन्तव्य राखेका थिए । सोहि अवसरमा जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक बहादुर कोइरालाले कविता बाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जनताको मन जित्ने गरी काम गर्न सबै कर्मचारीहरुलाई आग्रह गरे । सरकारी काममा अनुशासित र मर्यादित भएर जनताको मन जित्ने गरी सेवा प्रवाह गर्न, हरेक सेवा प्रवाहमा पार्दशिता हुने गरी काम गर्न र जनताको नजिक भएर सेवा प्रवाह गर्न सबैलाई निर्देशन दिएका थिए ।
२०१३ साल भदौ २२ गते नेपालमा पहिलोपटक निजामती सेवा ऐन आएको अवसरमा पारेर २०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेको हो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम कर्मचारी मिलन केन्द्र, नेपाल कर्मचारी संगठन, नेपाल निजमाती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, नेपाल एकीकृत सरकारी कर्मचारी संगठन लगायतका प्रतिनिधि, सुरक्षा निकाय लगायतका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।




