| मङ्लबार, कार्तिक २४, २०८३

मानव बेचबिखन बिरुद्धको दिवसको अवसरमा गोरखामा शान्ति र्‍याली

मानव बेचबिखन बिरुद्धको दिवशको अवसरमा गोरखामा शान्ति ¥याली गरिएको छ । इन्ट्रयाक्ट क्लव अफ वल्ड क्यापिटलको आयोजनामा रोट्रयाक्ट क्लव अफ गोरखा र रोटरी क्लव अफ गोरखाको सहयोगमा सोमवार ¥याली भएको रोट्रयाक्ट क्लव अफ गोरखाका इलेक्ट प्रेसिडेण्ट शिवहरि तिमल्सिनाले बताए ।

समाजमा जनचेतना फैलाउने, मानव बेचबिखनलाई निरुत्साहित गर्ने उद्देश्यले ¥याली गरिएको हो । वल्ड क्यापिटल माविबाट सुरु भएको शान्ति ¥यालीले गोरखा बजार परिक्रमा गरेको थियो । ¥यालीमा सहभागी इन्ट्रयाक क्लवका विद्यार्थीहरुले मानव बेचबिखन बिरुद्धको प्लेकार्ड सहित नारा लगायका थिए ।

शान्ति ¥याली गोरखा बजारमा आएर कोण सभामा परिणत भएको थियो । सभामा इन्ट्रयाक्ट क्लव अफ गोरखाका अध्यक्ष कृष्टि सापकोटा, रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकाल, रोट्रयाक्ट क्लव अफ गोरखाका अध्यक्ष निरञ्जन कट्टेलले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्