| मङ्लबार, कार्तिक २४, २०८३

तनहुँमा विद्यार्थी सर्कलको रक्तदान कार्यक्रमः ४२ युनिट रगत संकलन

तनहुँको व्यास नगरपालिका १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रीय रक्तसञ्चार केन्द्र प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ ।

‘रगत दिएर मरिन्न, रगत नपाए मरिन्छ’, भन्ने मूल नारा सहित क्याम्पसको प्राङ्गणमा बिहिवार आयोजित खुला रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको सर्कलका सचिव सुमन खड्काले जानकारी दिए ।

क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मादत्त तिमिल्सेनाले पहिलो रक्तदाता बिबिएस दोस्रो बर्ष अध्ययनरत विकल श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागी वनन युवा वर्गलाई आव्हान गरे ।

क्याम्पस को ३६ औं वार्षिकोत्सवको अवसरमा बिहान ७ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम १० बजेसम्म संचालन गरेको सर्कलका प्रथम उपध्यक्ष मिलन तामाङले बताए ।

सर्कलका अध्यक्ष दिनेश बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले,सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे, व्यास नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष गौरव पन्थ, युथ कांग्रेस नेपालका महामन्त्री राजेशकुमार श्रेष्ठ, नेविसंघ क्याम्पस इकाइका अध्यक्ष सुदर्शन पोख्रेलले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्