| मङ्लबार, कार्तिक २४, २०८३

लिगलिगकोट विकास अभियानको नयाँ अध्यक्षमा संजीव राना

लिगलिगकोट विकास अभियान नयाँ कार्य समितिको अध्यक्ष संजीव राना चयन भएका छन् । लिगलिगकोट विकास अभियानको शनिवार सम्पन्न पाँचौ साधारण सभा तथा अधिवेशनबाट रानाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा भीमकुमारी थापा, सचीवमा सूर्यप्रसाद न्यौपाने, कोषाध्यक्ष रामकाजी कोइराला चयन भएका छन् । समितिको सदस्यहरुमा नरबहाुदर हमाल, तोरणबहादुर राना, भीमबहादुर विक, पार्वती हमाल र लक्ष्मी खड्का चयन भएका छन् ।

No description available.

अभियानका अध्यक्ष रानाले लिगलिगकोटलाई आन्तरिक तथा बाह्य पर्यटकको हबका रुपमा विकास गर्न गुरुयोजना बनाएर क्रमागत रुपमा कार्यान्वय गर्दै जाने बताए । स्थानीयहरुको सामाजिक र आर्थिक क्षेत्रमा समेत सहयोग पुग्ने गरी दीर्घकालिन योजना निर्माण गरी लिगलिगकोटको प्रवद्र्धन गरिने उनको भनाइ छ । सो क्षेत्रमा रहेको अस्थायी संरचना तथा त्यस क्षेत्रको सौन्दर्यतामा ह्रास आउने संरचनाहरु हटाएर पुरातात्विक महत्वका संरचनाहरुको संरक्षण र निर्माण गरिने उनले बताए । सोही अन्तरगत लिगलिगकोटमा कालिका मन्दिरको पुननिर्माण गर्नका लागि तयारी थालिने बताएको छ ।

२०६५ सालमा स्थापना अभियानले लिगलिगकोट दौड आयोजना गर्नुका साथै लिगलिगकोटको संरक्षण र पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । हालसम्म १० औँ पटक लिगलिगे दौड सम्पन्न भइसकेको र अब ११ औँ लिगलिगे दौड संचालनको तयारीमा रहेको पनि उनले जानकारी दिए ।

अभियानका निवर्तमान अध्यक्ष पूर्णबहादुर रानाको अध्यक्षता तथा संस्थापक अध्यक्ष गेहेन्द्र रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्