
काम नगर्नेलाई कारबाही गर्न डराउनु पर्ने कारण के छ ?
लौह पुरुष भनेर पनि चिनिने, सर्वमान्य नेता भनेर पनि स्वीकारिएका गणेशमान श्रेष्ठले भन्ने गर्थे, ‘म लिडर हुँ, ल्याडर होइन ।’ अलिअलि दम्भ झैँ देखिए पनि यसमा दम्भ होइन, दम चाहिँ छ । नेतामा दम हुनुपर्छ ।
बास्तवमा असल नेतृत्वले भीडको नेतृत्व गर्न सक्नुपर्छ । भीडले निर्देशित व्यक्ति नेता हुँदैन । नेताले भीडलाई निर्देशित गर्न सक्नुपर्छ । तर अचेल हेर्दा भीडले जता दोहो¥याउँछ, नेताहरु त्यतै लुरुलुरु । यसले मुलुकको राजनीतिलाई सही गन्तव्यमा पु¥याउँछ ? यसले मुलुकलाई सही दिशातिर लैजान्छ ?
दण्डहिनता मौलाएको कति भयो ? नियम कानून कुल्चनेको जय भएको कति भयो ? ‘जसले हान्यो, उसले जान्यो’ प्रवृत्ति हावी भएको कति भयो ? ‘बोल्नेको पिठो बिकेको, नबोल्नेको चामल पनि नबिकेको’ कति भयो ? आम जनमानसमा कानूनी राज्यको प्रत्याभूति हुन छाडेको कति भयो ? मुलुक हाँक्ने नेतृत्वलाई बिचौलिया र ठेकेदारले हाँकेको कति भयो ? देश राजनीतिले भन्दा व्यापारिक घराना, बिचौलिया र ठेकेदारले चलाएको कति भयो ?
अहिले सबैतिर हेर्दा, राज्यका कुनै पनि निकायका नेतृत्वले दह्रो खुट्टा टेकेको अनुभूति नै हुन्न । धेरै ठाउँमा चुकिसकेर हो कि, आफ्नो क्षेत्राधिकारभित्रको कर्तव्य निर्वाह गर्न पनि धर्मराइरहेको जस्तो देखिने । नत्र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न डराउनु पर्ने कारण के छ ? मिहिन ढंगले उत्तर खोजी गरौँ । गडबड कहाँ भएको रहेछ थाहा हुन्छ ।
त्यसैले हो, जहाँ हे¥यो, भद्रगोल, अलपत्र । जुन विकास निर्माणको काम हेरे पनि कि अलपत्र, कि सम्पन्न भएको भए पनि गुणस्तहीन देखिन्छ । यो वा त्यो भनेर नाम लिइसक्नु छैन । प्राय सबका सब विकास निर्माणको काममा ठगिखाने प्रपञ्च फेला पर्छ । खोजी गर्ने निकायले आत्मा साक्षी राखेर खोज्छ कि खोज्दैन भन्ने मात्र फरक कुरा हो । यसको उत्तर फेला पार्ने गरी खोज्नुपर्छ कि, काम नगर्नेलाई कारबाही गर्न डराउनु पर्ने कारण के छ ?




