
गोरखामा १३२४ जनाको पेन्सन पट्टाको नविकरण
गोरखामा संचालन भएको पेन्सन क्याम्पमा १३ सय २४ जनाको पेन्सन पट्टा नविकरण गरिएको छ । गोरखा नगरपालिका ९ चिसोपानी डाँडास्थित जिल्ला सैनिक बोर्डमा संचालन भएको पेन्सनका क्याम्पमा १३ सय भन्दा भारतीय भूपू सैनिकको पेन्सन पट्टा नविकरण गरिएको हो । पोखरा पेन्सन क्याम्पबाट आएको टोलीले भदौ ६ र ७ गते क्याम्प संचालन गरेको सचिव सुवेदार शंकर थापामगरले बताए ।
त्यस्तै, भदौ सात गतेको बन्दका कारण पालुङटार, सिरानचोक, अजिरकोटका २७३ जना भू.पू सैनिकको पेन्सन पट्टा नविकरण गर्नबाट बन्चित भएको उनले बताए । अव उनीहरु तनहुँको तुरतुरे, बेसीसहर अथवा पोखरा जानुपर्ने बताएका छन् ।
पेन्सन वितरण कार्यक्रममा भारतीय भूपू सैनिक कल्याणकारी सेवा केन्द्रका अध्यक्ष जगनसिंह गुरुङ, कोषाध्यक्ष नायक सुवेदार शेरबहादुर राना, पेन्सन क्याम्प सेव्रmेटरी सुवेदार ज्ञानबहादुर थापाको सहभागितामा पेन्सन पट्टा नविकरण गरिएको हो ।




