| मङ्लबार, कार्तिक २४, २०८३

अभियान श्रेष्ठद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

तनहुँमा संचालन भइरहेको दोस्रो आँबुखैरेनी साँस्कृतिक महोत्सव–२०७९ मूल समारोह समितिका संयोजक अभियान श्रेष्ठले दुवै मिर्गौला फेल भएका बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

महोत्सवमा एक कार्यक्रमका बीच मिलन समाज युवा क्लबका अध्यक्ष श्रेष्ठले दुबै मिर्गौला पीडित भुवन तामाङकी श्रीमती सपना तामाङलाई रु ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । मिर्गौला रोगबाट पीडित तामाङको चितवन अस्पताल स्थित आईसोलेशन उपचारत भइरहेको छ ।

आर्थिक अभावका कारण उपचार नपाएका बिरामी, दिन दुखी तथा समस्यामा परेकालाई सक्दो सहयोग गर्ने र कोहि कसैलाई सहयोग चाहिएमा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्