| मङ्लबार, कार्तिक २४, २०८३

रोटरी क्लव अफ गोरखाद्धारा भीमसेनथापा गाउँपालिकालाई ह्विल चियर वितरण

रोटरी क्लव अफ गोरखाले ह्विल चियर वितरण गरेकोे छ । गोरखा सदरमुकाममा सोमबार एक कार्यक्रमका बीच क्लवले भिमसेन गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जारालाई ह्विल चियर वितरण गरेको हो ।

सोहि गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बूढीगण्डकी वृद्धा आश्रमलाई दुई वटा र सोहि ठाउँका स्थानीय लोकनाथ भट्टका लागि एक वटा गरी तीन वटा ह्विल चियर वितरण गरिएको क्लवका सचिव अन्जन खत्रीले जानकारी दिए । क्लवका अध्यक्ष कृष्ण ढकालले गाउँपालिका अध्यक्ष बन्जारालाई सो समाग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमलाई क्लवका सचिव खत्रीले सहजीकरण गरेका थिए । अपाङता भएका व्यक्तिहरुलाई हिडडुल गर्न सहजताका लागि ह्विल चियर वितरण गरिएको क्लवले जनाएको छ । कार्यक्रममा रोटरी क्लव अफ गोरखाका पुर्व अध्यक्ष पवनरमण खनाल, क्लवका सहसचिव संगमबाबु श्रेष्ठ, रोटरी प्रेसिडेण्ट नोमिनेण्ट विनोद बस्नेत र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्