| मङ्लबार, कार्तिक २४, २०८३

निर्माण व्यवसायी संघ गोरखाद्धारा पदाधिकारी चयन

निर्माण व्यवसायी संघ गोरखाले थप पदाधिकारी र सदस्य चयन गरेको छ । आइतबार बसेको संघको नियमित वैठकले थप पदाधिकारी र सदस्य चयन गरेको हो ।
वैठकले संघको वरिष्ठ उपाध्यक्षमा हिमाल कन्स्ट्रक्सनका संचालक राजबाबु लामिछाने, उपाध्यक्षमा गोरखा कालिका निर्माण सेवाका संचालक दिनेश गुरुङ, सचिवमा क्रस्टल कस्ट्रक्सन प्रालीका संचालक किरणबाबु श्रेष्ठ, सहकोषाध्यक्षमा ए वान कस्ट्रक्सनका संचालक उमेश अर्याल र कार्य समिति सदस्यमा वन्त कस्ट्रक्सनका संचालक रिसर्च वन्तलाई चयन गरेका हुन् ।

योसँगै निर्माण व्यवसायी संघ गोरखाको १९ सदस्यी कार्यसमिति बनेको महासचिव भोला मरहट्टले जानकारी दिए । अभैm दुई जना सदस्य मनोनित गर्न सक्ने प्रावधान रहेको रहेको छ ।

संघको पदाधिकारी र सदस्यलाई निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष सुर्य भण्डारीले पद तथा गोपनीयता सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्