| सोमवार, कार्तिक २३, २०८३

जेसिजबाट गर्न सकिने आशा अपेक्षाहरु

नेपाल जेसिजको क्षेत्र ख सम्मेलन शनिबार गोरखामा सम्पन्न भएको छ । सो अवसरमा विभिन्न जिल्लाका ४३ वटा जेसिज शाखाबाट प्रतिनिधिहरु सहभागी हुन गोरखा आइपुगेका थिए । शुक्रबार र शनिबार गोरखामा देखिएको उनीहरुको चहलपहलले गोरखाले धेरै आशा अपेक्षा गरेको छ । मुख्यगरी उनीहरु सम्मेलनबाट थप सशक्त बनेर फर्कनेछन र उनीहरुमा सामाजिक भावना जागृत हुनेछ, समाजमा विशिष्ट योगदान दिनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

जेसिज आस्था पाठका हर हरफहरु मर्मस्पर्शी छन् । हर पंक्तीहरु प्रजातान्त्रिक विश्वका लागि गहन छन् । ‘शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ’, जेसिज मात्र होइन, गैरजेसिजहरुले पनि बारबार दोहो¥याइरहने उक्ति हो यो । पृथ्वीको सर्वोत्कृष्ठ प्राणी मान्छे हो भनेर बाल्यकालदेखि सुनेको वाक्ये ‘वसुधाको महान निधि मानव व्यक्तित्वमा निहित छ’, भन्ने जेसिज आस्था पाठको हरफले झन उजागर गर्छ । ‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसिज नारा त ‘सेवा ही परमोधर्म’ भनेर संसारकै जेठो ग्रन्थ वेदको व्याख्या गर्ने उपनिषदमा उल्लेख छ । मिहिनेत गरेर अर्थोपार्जन गर्ने व्यवसायीहरुका लागि ‘आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुनसक्दछ’, यो पंक्ती पनि कम्ति महत्वपूर्ण छैन ।

त्यसैले यो नभनिरहन सकिन्न कि, आस्थापाठमा भनिएका व्यहोरा दैनन्दिन जीवनमा कार्यान्वयन गर्ने हो भने जेसिजले जो कसैलाई असल मान्छे पक्कै बनाउनेछ । प्रतिष्पर्धात्मक रुपमा अघि बढिरहनु पर्ने सहर बजारमा व्यस्त रहने युवा जमातलाई नीजि कामधन्दाबाट सामाजिक जीवन यापन सिकाउने संस्थाको रुपमा यसलाई बुझ्ने गरिन्छ । ठूला व्यापारीक कुल घरानालाई समय(समयमा सामाजिक कामप्रति चेष्टा जगाउने संस्था जेसिज हो । विभिन्न आयोजना, परियोजना सञ्चालन गरेर ‘ओभरहेड’(कमिशन) वापत अर्थोपार्जन गर्ने संस्थाहरुका बीच जेसिज फरक प्रकृतिको संस्था हो । यसमा आवद्ध युवाहरु अरुबाट लिने(कमाउने) भन्दा पनि आफ्नो योगदान गर्ने संस्था हो ।

अझै भन्नुपर्दा घर परिबार, विद्यालय जीवन पार गरेर हुर्किदै गरेका युवाहरुलाई सामाजिक कामप्रति जागृत गराउने, समाजका लागि त्याग(योगदान) गर्नुपर्छ भनेर सिकाउने संस्थाका रुपमा जेसिजलाई चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्