
शुक्रबार गोरखामा २१ जना संक्रमित थपिए
गोरखामा शुक्रबार एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभर ७६ जनाको कोरोना परीक्षण गरिएको थियो ।
उनीहरुमध्य २१ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबै आरुघाट गाउँपालिकाका हुन् । एन्टिजेन परीक्षणको क्रममा आरुघाट गाउँपालिकाका १२ जना महिला र ९ जना पुरुषमा कोरोना देखिएको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
आरुघाट गाउँपालिकाको आरुपोखरी स्कलुमा ६६ जनाको एण्टिजेन परीक्षण गरिएकोमा १८ जना कोरोना पोजेटिभ देखिएको उनले बताए ।
योसँगै गोरखामा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । गोरखामा हाल परीक्षण गरिएकामध्य २७ प्रतिशतमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




