
घुमिफिरी ‘रातो झण्डा’मुनि बाबुराम
सन्तोष अधिकारी
झण्डै सात वर्षपछि डा. बाबुराम भट्टराई पुन : नेकपा (माओवादी केन्द्र) को झण्डामुनि ओत लाग्न पुगेका छन्। आफैँ संलग्न भएर बनाएको र करिब तीन दशक पसिना बगाएको माओवादी छोडेर नयाँ शक्ति बनाएका भट्टराई संघीय समाजवादी फोरम, जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीको नेतृत्वमा छन्।
पार्टीको सांगठनिक आधाररु निकै कमजोर भएपछि भट्टराई हरेक चुनावमा फरक–फरक दलसँग तालमेल गरेर लड्दै आएका छन्। मारुओवादीमै हुँदा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका भट्टराईलाई अहिले कसै न कसैको ुवैशाखीु नटेकी धरै छैन । त्यही आधारमा आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा भट्टराईको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर लड्ने सहमति गरेको हो ।
भट्टराईले पुरानो पार्टीले देश निर्माण गर्न नसक्ने र वैकल्पिक शक्तिको खाँचो रहेको बताउँदै माओवादी छोडेका थिए । २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भयो । त्यसको ठ्याक्कै ९ दिनपछि उनले पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहेको भन्दै राजीनामा घोषणा गरेका थिए ।
संविधानलाई भट्टराईले आधा पानी भएको गिलास भनेर व्याख्या गर्दै गिलास भर्न पुरानो पार्टीबाट सम्भव नभएको बताएका थिए। माओवादी छोडेको करिब एक वर्ष भट्टराईले नयाँ वैकल्पिक शक्तिको बहस चलाए। माओवादी पार्टीसँगै कम्युनिस्ट विचार नै त्यागेको घोषणा गरेका भट्टराईले २०७३ जेठ ३० गते काठमाडौँको दशरथ रंगाशालामा भव्य कार्यक्रम गरी ‘नयाँ शक्तिपार्टीको घोषणा गरे । उनले सोचेअनुसार पार्टी भने निर्माण हुन सकेन ।
एकै चुनाव चिह्न लिएर लड्ने कुरा त भइहाल्यो, भट्टराईका सहयोगी रोशन पोखरेलले हिमालप्रेससँग भने, आइतबार बिहान खुमलटारको छलफलमा भट्टराई र महेन्द्रराय यादवसहितका नेताहरू हुनुहुन्थ्यो ।खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको निवासमा छलफल गर्न भट्टराईले यादवलाई साथमै लिएर गएका थिए । छलफलपछि बाबुराम र प्रचण्डले पुनस्एकै चिह्नमा चुनाव लड्न लागेको सहमति भएकोमा बधाई पनि साटासाट गरे। उनीहरूको चुनावी घोषणापत्र पनि एउटै हुनेछ। उनीहरूले भोलि, सोमबार यस बारे औपचारिक घोषणा गर्दैछन् । एक हुने तयारीमा बाबुराम–प्रचण्ड
प्रचण्ड र बाबुरामले एकअर्कालाई स्वीकार गरी पुनस् एक भएर जाने तयारी सुरु गरेका छन्। माओवादीकै नेताहरू आज भएको सहमतिलाई बाबुराम माओवादीमै फर्किने यात्राको थालनी भएको बताउँछन्। ुहिजो हामी सँगै थियौँ उहाँ नयाँ शक्ति भन्दै जानु भो,ु माओवादीका एक शीर्ष नेताले भने, उहाँले माओवादी छोडेर जाँदा उहाँलाई पनि घाटा भयो । सबैभन्दा ठूलो क्षति माओवादीलाई भएको थियो ।
ति नेताका अनुसार हिजो प्रचण्डले बाबुरामको एजेन्डा स्वीकार गरेका थिएनन्। जुन कुरा पनि भट्टराईले पार्टी छोड्ने कारण बन्यो । आज प्रचण्डले बाबुरामका केही एजेन्डा मान्न तयार भएपछि दुई नेता फेरि नजिकिएका हुन् । समाजवाद, प्रत्यक्ष कार्यकारीलगायतका मुद्दा बाबुरामले पहिलेदेखि उठाउँदै आएका छन्। यसमा प्रचण्डको आधिकारिक धारणा भने बाहिर आएको छैन ।
अस्थिर यात्रा
माओवादीलाई ुरातो स्टिकरु टाँसेको घर भन्दै टिप्पणी गरेर बाहिरिएका बाबुरामको राजनीतिक यात्रा त्यसपछि अस्थिर र ओरालो गतिमा गयो । २०३९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसालको सदस्यता लिएर कम्युनिस्ट बनेका भट्टराई २०४८ सालमा एकता केन्द्र मसालमा प्रवेश गरेका थिए ।
२०५२ फागुन १ मा माओवादीको सशस्त्र द्वन्द्व सुरु भयो । बाबुराम पनि ुजनयुद्वुको नाम दिएर त्यसैमा होमिए । बाबुरामले युद्वकै क्रममा अध्यक्ष प्रचण्डको कडा आलोचना गरे। २०५५ सालदेखि प्रचण्डले मुख्य एजेन्डा भुलेको भन्दै विरोध जनाएर अन्तरसंघर्ष जारी राखे ।
२०६२ को सुरुवातताका रुकुमको लाभाङमा बसेको पार्टी बैठकमा प्रचण्डले बाबुराममाथि कारबाही गरे। उनीमाथिको कारबाही करिब चार महिनापछि २०६२ कै असोजमा फुकुवा भयो ।
बाबुराममाथिको कारबाही फुकुवा भएसँगै सरकारसँग वार्ताको कुरा चल्यो। १२ बुँदे समझदारीको लागि प्रचण्डले बाबुरामलाई केही जिम्मेवारी सुम्पिए। शान्ति प्रक्रियामा हस्ताक्षरसँगै माओवादी चुनावमा सामेल भयो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा गोरखा–२ बाट बाबुराम अत्यधिक मत ल्याएर निर्वाचित भएर संविधानसभा भवन छिरे । २०६५ सालमा प्रचण्ड संसदीय दलको नेता चुनिँदै प्रधानमन्त्री बने, बाबुराम अर्थमन्त्री । अर्थमन्त्रीको रूपमा उनी सफल ठहरिए। त्यसबेला देशका विभिन्न क्षेत्रसँगै गोरखामा उनले दीर्घकालीन योजना सुरु गरे ।
त्यसैको परिणामस्वरुप उनी अहिले पनि गोरखाबाटै निर्वाचित सांसद हुन्। २०६७ सालमा माओवादीले विस्तारित बैठक बाबुरामकै गृहनगर पालुङ्टारमा आयोजना गर्रुयो। यो बैठकमा बाबुरामले फरक मत राखे । उनले शान्ति र संविधान मूल एजेन्डा हुनुपर्ने अडान राखेका थिए । अर्थमन्त्रीको रुपमा सफल ठहरिएका माओवादीका उपाध्यक्षसमेत रहेका भट्टराई २०६८ भदौ ११ गते प्रधानमन्त्री बने। २०६९ सालमा माओवादीको हेटौँडा महाधिवेशनमा उपाध्यक्ष पद त्याग गर्दै केन्द्रीय सदस्यमा मात्र बस्ने उद्घोष गरेर विद्रोह बढाउन थाले। उनले त्यसपछि नयाँ शक्तिको बहस चलाएका थिए ।
नयाँ शक्ति बनेको एक वर्षभित्रै २०७४ असोज १७ गते बाबुराम वाम गठबन्धनमा सामेल भएका थिए। एमाले, माओवादीलगायत दल मिलेर चुनावमा जाने र अन्नतः पार्टी एकता गर्ने उक्त गठबन्धनमा नबस्ने भन्दै भोलिपल्टै भट्टराई बाहिरिए । त्यसपछि भट्टराई कांग्रेसतिर मोडिए । कांग्रेसकै सहयोगमा उनी २०७४ मा गोरखा–२ बाट निर्वाचित भए ।
२०७६ वैशाख २३ गते संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी नेपाल बन्यो। २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी ९जसपा० गठन भयो । उनी त्यसपार्टीको संघीय परिषद् अध्यक्ष भए । २०७८ असार २२ गते जसपा विभाजन भयो। जसपाबाट महन्थ ठाकुर लोकतान्त्रिक पार्टी बनाएर गए भने बाबुराम(उपेन्द्र यादव जसपामै बसे । अहिले बाबुराम जसपाबाट छुट्टिएर नेपाल समाजवादी पार्टीको अध्यक्ष छन् ।
पार्टीको निर्वाचन जित्ने सांगठनिक आधार नभएको बेला माओवादीको चुनाव चिह्न समातेर बाबुरामले आफूलाई ‘सेफ ल्यान्डिङ’ गराएका छन् । हँसिया हथौडा चिह्नबाट निर्वाचित भए कानुनी रूपमा उनी स्वतः माओवादीको सांसद हुनेछन्। त्यसपछि उनको पार्टीलाई माओवादीमा विलय नभइ सुखै छैन । यसले माओवादीका नेता, कार्यकर्तालाई समेत मनोवैज्ञानिक बल दिनेछ । बाबुरामको यो रणनीति उनको राजनीतिक करियरको ‘सुरक्षित अवतरण’ हो ।




