| मङ्लबार, कार्तिक २४, २०८३

आँबुखैरेनीमा रक्तदान कार्यक्रम सम्पन्न

तनहुँको आँबुखैरेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार चितवनको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ एल का टिम अफिसर शिव खनालले बताए । गोरखा रोड स्थित आँबुखैरेनी चोकमा भएको कार्यक्रममा ७२ जनाले रक्तदान गरेको उनले बताए ।

यस अघि क्लवले रक्तदान गर्न सर्वसाधारणमा अपिल गरेको थिए । अहिले देशभर रगत अभाव भईरहेका बेला संकलित रगत आबश्यक पर्ने बिरामीका लागि रक्तसंचार केन्द्रबाट सहज उपलब्ध होस भन्ने चाहनाले कार्यक्रम गरिएको खनालले बताए ।

लायन्स क्लव अफ आँबुखैरेनी, लायन्स क्लव अफ आँबुखैरेनी सिटी, लायन्स क्लव अफ आँबुखैरेनी अकला, लायन्स क्लव अफ आँबुखैरेनी स्टारको आयोजना र लियो क्लव अफ आँबुखैरेनी, लियो क्लव अफ आँबुखैरेनी सिटीको सह आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्