| मङ्लबार, कार्तिक २४, २०८३

पदहस्तान्तरण कार्यक्रम सम्पन्न

गोरखामा रहेका लायन्स क्लवहरुको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच वर्ष २०२१÷०२२ बाट वर्ष वर्ष २०२२÷२३ लाई अध्यक्ष पद पदहस्तान्तरण गरिएको हो ।

कार्यक्रममा गोरखा लायन्स क्लव अफ गोरखाका अध्यक्ष चन्दनबाबु खत्रीले लक्ष्मण आचार्यलाई, लायन्स क्लव गोरखा आरुघाटको विजय श्रेष्ठबाट शरोज बुर्लाकोटीलाई र लायन्स क्लव अफ गोरखाका कालिकाको मिनादेवी श्रेष्ठबाट कल्पना श्रेष्ठलाई अध्यक्ष पद हस्तान्तरण गरिएको लायन्य अस्पताल गोरखाका कार्यालय सचिव बालकृष्ण पोखरेले बताए । लायन्स क्लव अफ गोरखा सिटिको इमानजंग बानियाँबाट सन्दिप खत्रीलाई, लायन्स क्लव अफ गोरखा तारानगरको सुरेन लामिछानेबाट यम बसेललाई र लियो क्लव अफ गोरखाको सुमन श्रेष्ठबाट बालकृष्ण परियारलाई अध्यक्ष पद हस्तान्तरण गरिएको उनले बताए ।

डिस्ट्रिक गभनर धुर्व श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा जिल्ला समन्वय समितिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुरा रानामगर, पालुङटार नगरपालिका प्रमुख विवश चिन्तन, जिल्ला प्रशासन कार्यालय गोरखाका सहयाक प्रजिअ कमलराज भण्डारी, गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्