| मङ्लबार, कार्तिक २४, २०८३

रोटरी र रोट्याक्ट क्लवद्वारा गोरखा अस्पताललाई ह्विलचियर प्रदान

रोटरी क्लव अफ गोरखा र रोट्याक्ट क्लव अफ गोरखाले गोरखा अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । सोमवार एक कार्यक्रमका बिच चारवटा ह्विलचियर प्रदान गरिएको रोटरी क्लवले जनाएको छ ।


गोरखा अस्पतालका अध्यक्ष लालप्रसाद श्रेष्ठ र प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठलाई ह्विलचियर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा रोटरी क्लवका अध्यक्ष कृष्ण ढकाल, रोट्याक्ट क्लवका अध्यक्ष निरन्जन कट्टेल लगायत क्लवककका पदाधिकारी एवं गोरखा अस्पतालका कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्