| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा आज ६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २३ पुग्यो

गोरखामा आज(आइतबार) ६ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका र गोरखा अस्पतालमा चेकजाँचको क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गोरखा नगरपालिकाका ५ जना पुरुष र गोरखा अस्पतालाम एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । आइतबार १६ जनाको पिसिआर रिर्पोट प्राप्त भएका मध्य ६ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

योसँगै गोरखामा हाल कोरोना संक्रिय संक्रमितको संख्या २३ पुगेको छ । गोरखा नगरपालिकामा नौ जना, पालुङटार नगरपालिकाको छ जना, भिमसेन थापाको एक जना, शहिदलखन गाउँपालिकामा पाँच जना, सिरानचोक र आरुघाट गाउँपालिकामा एक÷एक जनामा कोरोना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्