| सोमवार, कार्तिक २३, २०८३

विभूतिहरुको सम्मानको प्रयास सह्रानीय

आधुनिक नेपालको इतिहासमा तीन थापा बढि चर्चित छन् । भीमसेन थापा, अमरसिँह थापा र लखन थापा । दरबारिया झगडाले सुस्क बनेको देशको राजनीतिक, भारतसम्म आइपुगेको बेलायतको साम्राजयवादको जगजगी, इस्ट इण्डिया कम्पनीको सँधैको आक्रमणको त्रासका बीच मुलुकलाई सुरक्षित राखेका थिए, राष्टिूय विभूति भीमसेन थापाले ।

अर्का थापा हुन्, आत्रेय गोत्रीय बगाले थापा खानदानमा जन्मेका अमरसिँह थापा । रज्जाई थापाका नाति उमराव बाघ भीमसेन (भीमसिंह) थापाका पुत्र अमरसिंह थापाको जन्म सन् १७५१ मा सिरानचोक गोरखामा भएको थियो । अमरसिंह थापाको बुबा भीमसेन थापाले श्री ५ पृथ्वीनारायण शाहको राज्य कालमा उमराव पद पाएका थिए ।

मुख्तियारी पदमा भीमसेन थापा थिए भने रणभूमिम उत्रिएर अंग्रेजसित लड्ने अमरसिँह थापा थिए । मुलुकलाई जोगाउन रणमैदानमा लड्ने यिनको भूमिका, योगदान र बलिदानी नेपालको इतिहासमा सुनौला अक्षरले लेखिएको छ । भीमसेन थापाको त्याग, तपस्या, योगदान, बलिदानीलाई सम्मान गर्दै भीमसेन थापा गाउँपालिकाले उनको जन्मजयन्तीलाई विशेष कार्यक्रम गरी मनायो । अमरसिँह थापाको योगदान, बलिदान, त्याग र तपस्याको सम्मान गर्दै सिरानचोक गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गर्दैछ । सो दिनको अवसरमा गाउँपालिकाभरि सार्वजनिक विदा दिइएको छ ।

र अर्का थापा हुन्, लखन थापा । उनलाई नेपालका प्रथम शहीद घोषणा गरिएको छ । उनले नेपाललाई राणाको निरंकुशताबाट मुक्त गराउन सशस्त्र युद्धको घोषणा गरेका थिए । तर युद्ध लड्न नपाउँदै, तयारीको अबस्थामै जंगबहादुर राणाले उनी लगायत उनको अभियानमा जोडिएका छ जनालाई फाँसी दिएको थियो । उनको सम्मानमा पनि शहीद लखन गाउँपालिकाले सार्वजनिक विदा दिँदै विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।

आफ्ना पालिकाभित्रका ऐतिहासिक पुरुषको सम्मानमा स्थानीय तहले गरेको प्रयास सह्रानीय छ । ऐतिहासिक पुरुषहरुको योगदानका कारण वर्तमान आएको हो त्यसैले इतिहासको सम्मान गर्न सिक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्