
आरुघाटको ठोट्नेरीमा एक दिने बाख्रापालन तालिम
आरुघाट गाउँपालिका–२ ठोट्नेरीमा एक दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको आयोजना सिआरएस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र स्थानीय तहको समन्वय, सहकार्य तथा साझेदारीमा तालिम सञ्चालन भएको हो ।
कोभिड १९ आपतकालीन प्रतिकार्य तथा पुनर्लाभ परियोजना अन्तरगत तालिम सञ्चालन गरिएको हो
। तालिममा १९ जना किसानहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण आरुघाट गाउँपािलकाका पशु सेवा शाखाका प्राविधिक बासुदेव पोखरेलले गरेका थिए ।
तलिममा बाख्रापालनको महत्व, बाख्राका प्रजातिहरु, बाख्राको खोर व्यवस्थापन तथा खोर निर्माण गर्दा ध्यानदिनुपर्ने कुराहरु, बाख्राको प्रजनन्, प्रजनन् चक्र तथा बाख्राको नश्ल सुधारबाट हुने फाइदा, बाख्राको घाँस तथा आहारा व्यवस्थापन, डाले घास र तिनको महत्व, बाख्रामा देखीने मुख्य रोगहरु, तिनका लक्षण तथा उपचार विधि, गाउँपालिका बाट प्रवाह गरिने सेवा, सुवीधा, पशु विमाको प्रव्रिmयाका बारेमा किसानहरुलाई जानकारी दिइएका थिए ।




