
शहिदलखन गाउँपालिकामा एड्वान परियोजनाको स्थानीय सल्लाहार समिति गठन
शहिदलखन गाउँपालिकामा नेपाल दलित महिला उत्थान संघ(एड्वान) परियोजनाको स्थानीय सल्लाहार समिति गठन गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा १७ जनाको सल्लाकार समिति गठन गरिएको हो ।
युएसएड लोकल वर्क्स, सहसंयोजक इन्दिरा तिवारी, सदस्यरुहरुमा नौ वटा वडाको अध्यक्ष, पालिकाका विषयगत शाखाका प्रमुखहरु, कार्यपालिकाको दलित महिला सदस्य रहेको संस्थाका परियोजना प्रबन्धक धन बहादुर मिजारले बताए । साथै कार्यक्रममा एण्डवान लोकस वर्कसप गोरखा र चिवतव बीच परियोजनाको पारम्भिक परिचायत्मक वैठक तथा छलफल समेत भएको थियो ।
कार्यक्रममा प्रबन्धक मिजारले संस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा संचालक फिल्ट संयोजक देव बहादुर तामाङले कार्यक्रमको सहजीकरण गरेका थिए ।
सो संस्थाले शहिदलखन गाउँपालिकामा परियोजना अन्तरगत बाख्रापालन तालिम, च्याउखेती, फुल खेती तालिम, अदुवा र बेसार तालिम, कुखुरा पालन सम्बन्धी तालिम दिने जनाएको छ । एड्वानको आयोजना युएस एण्डको सहयोग र गाउँपालिकाको समन्वय र सहकार्यमा कार्यक्रम भएको हो ।
नेपाल दलित महिला उत्थान संघ(एड्वान) का अध्यक्ष पम्फा परियारको अध्यक्षता सम्पन्न भएको हो ।




