
करारका कर्मचारी हटाएको बिरोधमा ट्रेड युनियन कांग्रेस गोरखाको ध्यानाकर्षण
ट्रेड युनियन कांग्रेस गोरखाले करारका कर्मचारी हटाएको बिरोधमा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष शरद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउँदै आस्थाका आधारमा पूर्वाग्रही भावना राखेर स्थानीय तहहरुले कर्मचारी निश्कासन गरेको बताएका छन् ।
अस्थायी र करारका कर्मचारीलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ उपदफा ३ बिपरित सहमतिको प्रयास नै नगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनलाई पालना नगरी, कार्यसम्पादन मूल्याङनलाई पनि बेवास्था गरेर कर्मचारी हटाइएको अध्यक्ष श्रेष्ठले बताए ।
श्रम गर्दै आएका निम्नस्तरका कर्मचारीलाई नियम बिपरित लोक सेवा आयोगबाट पदपुर्ती प्रक्रिया समेत सुरु नहुँदै निश्कासन गरिएको भन्दै उनले बिना शर्त तत्काल काममा लगाउन ध्यानाकर्षण पत्र मार्फत माग गरेका छन् ।




