| मङ्लबार, कार्तिक २४, २०८३

रोट्रर्‍याक क्लव अफ गोरखाद्धारा विन्ध्यावासिनी मन्दिर वरिपरि सरसफाई तथा वृक्षारोपण

गोरखा नगरपालिका वडा नं ३ नारेश्वर स्थित विन्ध्यावासिनी मन्दिर वरिपरि वृक्षारोपण गरिएको छ ।

रोट्रर्‍याक क्लव अफ गोरखाले शनिबार एक कार्यक्रमका बीच मन्दिर वरिपरि सरसफाई तथा वृक्षारोपण गरिएको हो ।

May be an image of ५ people and waterfall

कार्यक्रममा विभिन्न फलफुल प्रजातिका ६० वटा विरुवा रोपिएको रोट्रर्‍याक क्लव अफ गोरखाका अध्यक्ष निरन्जन कट्टेलले बताए ।

सडक र मन्दिर वरिपरि विभिन्न फलफुलका विरुवा रोपिएको उनको भनाइ छ ।

‘सबैको तनावलाई मेटाउने र हाम्रो ग्रहसँगै आफुलाई बचाउने हरियाली संचार बनाऔँ’ भन्ने नारा सहित सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको क्लवले जनाउको छ ।

No description available.
प्रतिक्रिया दिनुहोस्