| मङ्लबार, कार्तिक २४, २०८३

उवासंघ गोरखाद्वारा गोरखा दरबार परिसरमा वृक्षारोपण

ऐतिहासिक गोरखा दरवार परिसरमा वृक्षारोपण गरिएको छ । उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा मंगलवार बिहान वृक्षारोपण गरिएको संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए ।

गोरखा नगरपालिका वडा नं ५ स्थित दरबार परिसर देखि ऐतिहासिक चार धारे सम्म वृक्षारोपण गरिएको हो । धुपी, कल्पी, बेलपत्र, म्याङ्गो स्टूेड लगायतका ५० वटा विरुवा रोपिएको उनले जानकारी दिए । संस्थाको नियमित कार्यक्रम अन्तरगत वृक्षरोपण गरिएको हो ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यातमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल, वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर राना, नगरपालिकाका वातावरण अधिकृत धु्रब घिमिरे, गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संघका पूर्व अध्यक्ष जीवनज्योति श्रेष्ठ, अच्यूतलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्