| मङ्लबार, कार्तिक २४, २०८३

सामाजिक बिकास कार्यालयको प्रगती ७० प्रतिशत

सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८÷७९ मा ७० प्रतिशत प्रगती हाँसिल गरेको छ । शुक्रवार कार्यालयले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा कार्यालय प्रमुख दिपेन्द्र परियारले चालु वर्ष पँुजिगत तर्फ ८२ र चालु तर्फ ४७ प्रतिशत प्रगती भएको बताए ।

२०७८ असोजमा गोरखामा सामाजिक बिकास कार्यालय स्थापना भएको थियो । उक्त कार्यालयले चालु वर्ष ३६ वटा योजना मध्ये ३४ वटा पुरा गरेको जनाएको छ । दुईवटा योजना भने संचालन हुन नसकेको कार्यालय प्रमुख परियारले बताए । तीन करोड ६७ लाख बजेट मध्ये करिब ९५ प्रतिशत दुई करोड ९८ लाख मात्र खर्च भएको छ । कार्यालयले संचालन गरेको सबै योजना उपभोक्ता समितिबाट निर्माण भएको छ ।

विद्यालय शिक्षा सुधार, महिला हकहित, महिला शसक्तिकरण र लैङ्गिक समानता, बालवालिकाको हकहित संरक्षण संम्बन्धी कार्यक्रम कार्यन्वयन, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षण लगायतको क्षेत्रमा सामाजिक बिकास कार्यालयले प्राथमिकताका साथ काम गर्दै आएको जनाएको छ ।

कार्यालय प्रमुख दिपेन्द्र परियारको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर बहादुर थापा मगरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सामाजिक संघ संस्था, अपाङ्गताको क्षेत्रमा काम गर्ने अगुवा, शिक्षकहरु लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम बोल्नेहरुले सामाजिक बिकास कार्यालयले सेवा सुरु गरेको एक वर्ष पुरा नहुँदा अहिले सम्म गरेको काम सन्तोषजनक रहेको बताएका थिए । उक्त सार्वजनीक सुनुवाईको सहजिकरण सामाजिक बिकास कार्यालयका अधिकृत कमल कंडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्