| मङ्लबार, कार्तिक २४, २०८३

स्थानीय तहमा निर्वाचित सेवा निवृत्त शिक्षकलाई सम्मान

नेपाल निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसरमा २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । ८ जना जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरिएको समाजका सचिव रामबाबु श्रेष्ठले बताए ।

सम्मानित हुनेहरुमा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना गोनपा वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँ, जिल्ला समन्वय समितिका सदस्य शिव रेग्मी, भीमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती, गण्डकी गाउँपालिका वडा नं ६ का अध्यक्ष यामबहादुर थापा, शहिदलखन गाउँपालिका वडानं ७ का अध्यक्ष दिलिपनारायण थापा, बारपाक सुलिकोट गाउँपालिका वडा नं २ का रुद्रप्रसाद अंगाईलाई सम्मान गरिएको हो ।

निवृत्त शिक्षक समाज गोरखाका अध्यक्ष बमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कपिलबाबु अर्याल, प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख रामबहादुर अधिकारी, निवृत्त शिक्षक शिवराम कट्टेल, नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय उपाध्यक्ष गेहेन्द्रराज बिष्ट, रहमतुल्ला मियाँ, कृष्णबहादुर राना, मोहनबहादुर थापा, शिक्षक संघका सचिव लक्ष्मण आचार्य, नेपाल शिक्षक महासंघ गोरखाक कार्यवाहक अध्यक्ष राजन कट्टेल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्