| मङ्लबार, कार्तिक २४, २०८३

गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको बजेट निर्माण कार्यशाला

गोरखा नगरपालिका वडा नं ९ मा रहेको गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०७९÷०८० कार्यक्रम र बजेट निर्माण कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाको वित्तीय अवस्था, सामाजिक उत्तरदायित्व, उत्पादनशिल क्षेत्रमा लगानी, व्याजदर लगायत विषयमा छलफल भएको थियो । नेफस्कुनद्धारा संचालित प्रोवेशन कार्यक्रममा संस्थाको सहभागिता, संस्थालाई नीति विद्यी र प्रविधिमा जोडिन संस्थालाई थप रणनीति तयार गर्ने विषयमा पनि छलपल भएको सहकारी संस्थाका अध्यक्ष सुजन कुवरले जानकारी दिए ।

त्यस्तै, सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट एक करोड रकम प्राप्त भएको उनले बताए । संस्थालाई प्राप्त भएको एक करोड सहुलियत पूर्ण कर्जा लगानी कार्यक्रम पनि शनिबारबाट सुरु गरिएको उनले बताए । सो रकम बेरोजार व्यक्तिहरुलाई विभिन्न हस्तकला, पशुपालन, कृषि, व्यापार व्यवसाय गर्नका लागि लगानी गरिने उनले बताए । उनका अनुसार सहकारी मार्पmत एक जना व्यक्तिलाई उसको परियोजनाका आधारमा तीस हजार देखि दुई लाख सम्म लगानी गरिनेछ ।

सहकारी संस्थाको अध्यक्ष सुजन कुवरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरको प्रमुख आतिथ्यता र वडा नं ९ का वडा अध्यक्ष कुल बहादुर कँुवरको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्