
जिल्लाहरुमा गुणस्तर तथा नापतौल कार्यालय अपरिहार्य
सरकारका विभिन्न निकाय जिल्लाहरुमा हुन्छ । सडक, खानेपानी, सिँचाइ, भवनलगायतका पूर्वाधार निर्माण गर्ने कार्यालय प्रत्येक जिल्लाहरुमा छन् । मानव स्वास्थ्य, पशुस्वास्थ्य, कृषि विकास, शिक्षा विकास, वन, निकुञ्ज, संरक्षण क्षेत्र, उद्योग(व्यवसाय लगायतका क्षेत्रमा काम गर्ने कार्यालयहरु पनि जिल्लाहरुमा छन् ।
न्याय सम्पादन गर्ने, पुरातत्व, सामाजिक एवं, खेलकुद विकास गर्ने लगायतका अनेकन कार्यालयहरु जिल्लाहरुमा स्थापना भएर काम गरिरहेका हुन्छन्, तर मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने खाद्यको गुणस्तर तथा नाप, तौलसम्बन्धी काम गर्ने कार्यालय भने जिल्लाहरुमा हुँदैन ।
हाम्रो सवारी साधनमा नक्कली(मिसावटयुक्त) इन्धन प¥यो भने इञ्जिन बिग्रन्छ भनेर जति सावधान हुन्छौँ, चिन्तित हुन्छौँ, के हामीले खाने खानेकुराप्रति त्यत्तिकै सचेत छौँ ? हामीले कस्तो खानेकुरा खाइरहेका छौँ ? हामीले आफ्नो शरीरमा कस्तो चिज हालिरहेका छौँ, सोचेका छौँ, सावधानी अपनाएका छौँ ?
हामीले खाएको औषधी हुनुपर्ने गुणस्तरको छ ? सरकारी स्वास्थ्य संस्था(हेल्थपोष्टलगायत)मा लिएको सिटामोल खाँदाभन्दा निजी स्वास्थ्य संस्थामा लिएको सिटामोलले किन ज्वारो चाँडो निको हुन्छ ? यसको कारणको खोजी भएको छ ?
हाम्रो भान्सामा दिनहूँ पाक्ने दाल, चामल, पानी, नूत, तेल, मसला, तरकारी, मासुको गुणस्तर र नापतौल ठिक छ ? पानीमै पेटूोल मिसिएको भेटेको त धेरै भएको छैन । हामीले पिउने वेभरेजका सामग्री कुन गुणस्तरका छन् ? पसलका सो(केशमा सजाएर राखिएका खाद्य सामग्री खानयोग्य छन् ? रंगीचंगी प्लास्टिकका खोलभित्र सजाइएका तमाम खानेकुरा हाम्रा स्वास्थ्यका लागि लाभदायी नै होलान् ?
मिति हेर्न त जो कोहीले जानेका हौँला, तर मिसावटको अबस्था के कस्तो छ ? यस बारेमा हाम्रा नाङ्गा र अप्राविधिक आँखाले हेरेर पत्ता लगाउँछ ? बेच्न राखिएका ग्याँस सिलिण्डर हुनुपर्ने परिमाणमा छ कि छैन ?
अनुगमनका क्रममा ३० केजी हुनुपर्ने बोरामा २७ किलो चामल, मिति गुज्रिएका खाद्य सामग्री कैयौँ पटक फेला पारेको रेकर्ड हामीसित ताजै छ । यी र यस्तै तत्कालका तत्काल परीक्षण गर्न जिल्ला(जिल्लामा गुणस्तर तथा नापतौलको कार्यालय हुनु जरुरी छ ।




