
मसला ब्यवशायी संघको अध्यक्ष गुप्ता
मसला ब्यवशायी संघ गोरखाको पहिलो अधिवेशन एवं दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्ष पदमा पुनः अरबिन्द गुप्ताको अध्यक्षतामा सचिव सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवप्रसाद रौनियार, सचिवमा सन्दिपप्रसाद रौनियार, कोषाध्यक्षमा आनन्दप्रसाद कलवार चयन भएका छन् ।
अन्य सदस्य सहित २६ जनाको समिति चयन भएको अध्यक्ष गुप्ताले बताए । गोरखा चेम्बर अफ कमर्शमाताहतको मसला ब्यवशायी संघले अधिवेशन गरेको हो । चेम्बर अफ कमर्सको कार्यालयमा भएको कार्यक्रम चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




