
मानव बेचबिखन बिरुद्ध विद्यार्थीलाई सचेत गराउँदै गोरखा प्रहरी
मनव बेचबिखन तथा ओसार पोसार बिरुद्ध गोरखा प्रहरीले विद्यार्थीलाई सचेत गराउने अभियानलाई निरन्तरता दिएको छ ।
गोरखा नग रपालिका ८ स्थित सरस्वती माध्यामिक विद्यालयमा पढ्ने कक्षा ९ र १० का विद्यार्थीलाई यसबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मानव बेचबिखन हुने अवस्था, कारण, ध्यान दिनुपर्ने विषय लगायतका बारेमा प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी गराएका थिए । सामुदायिक प्रहरी साँझेदारी अन्र्तगत उक्त कार्यक्रम भएको हो ।




