| सोमवार, कार्तिक २३, २०८३

भौगोलिक हिसाबले दुर्गम भए पनि प्राविधिक हिसाबले सुगम होओस्

मुस्किलसंग मात्र जान सकिने वा पुग्न कठिन ठाउँलाई दुर्गम भनिन्छ । आवतजावत गर्न कठिन ठाउँ दुर्गम हो ।
हाम्रो गोरखामा धार्चे र चुमनुब्री दुई गाउँपालिका दुर्गम गाउँपालिका हुन् । यीमध्ये पनि धार्चेका प्रायः सबै वडामा मोटरबाटोको सञ्जाल पुगेको छ । वडाका सबै बस्तीमा मोटरबाटो बन्ने क्रम जारी छ । यद्यपि बर्खामा यी कुनै पनि मोटरबाटो सुरक्षित हुदैनन् ।

चुमनुब्री गाउँपालिकालाई भने अहिलेसम्म पनि सडक सञ्जालले जोडेको छैन । नेपाली सेनाले चुमनुब्री ३ को बाङसिङसम्म टूयाक निर्माण गरे पनि मोटर दोभानभन्दा माथि जान सक्दैन किनभने मोटार हिँड्न मिल्ने गरी तयार गरिएको छैन ।

यहाँका साम्दो, सामागाउँ, छुले, निले जस्ता गाउँबाट गाउँपालिकाको केन्द्र फिलिम आइपुग्न पनि तीनदिनसम्म लाग्छ(त्यो पनि हिउँदका बेला) । बर्खाका बेला भेल, बाढी, बर्षा र पहिरोले एउटा गाउँबाट अर्को गाउँसम्म पुग्न नसकिने गरी बाटो अवरुद्ध हुन्छन् ।

यस्तो समस्यामा गुज्रिएको चुमनुब्री गाउँपालिकाका उपभोक्ता समिति, निर्माण व्यवसायी गाउँपालिकाको काम गरेबापत भुक्तानी लिन सदरमुकाम आइपुग्न बाध्य हुने गरेका थिए । तर यसबर्ष फिलिमस्थित कुमारी वैँकमा पनि इन्टरनेटको ब्यबस्था राम्रो भएको र गाउँपालिकाको इन्टरनेट सेवा पनि राम्रो भएको हुँदा गाउँबाटै बिल भरपाई फरफाराकको काम भइरहेको छ । भुक्तानीको काम पनि

इलेक्टूोनिक्स फण्ड टूान्सफर प्रविधिबाट भइरहेको छ, जसलाई आधुनिक प्रविधिको रुपमा लिइन्छ । पेपरलेस वा लेसपेपरको अवधारणालाई मूर्त रुप दिन यो प्रविधि सहायक सिद्ध हुने छ । त्यसैले सुगमका पालिकाले पनि यो प्रविधि अपनाउन सुरु गरेका छन् । मौसम प्रतिकूल भएन भने दुर्गमको चुमनुब्री पालिकाले भुक्तानी तथा फस्र्याैटको काम यसपटक केन्द्र फिलिमबाट सञ्चालन गर्नेछ ।

तर दुखद पक्ष धार्चेमा अहिलेसम्म भुक्तानीको काम हुन सकेको छैन । नेपाल टेलिकमको फोरजी प्रविधिले काम नगर्दा गाउँपालिकाको काम गर्न यसपटक पनि बिगत बर्षमा जस्तै धादिङ जिल्ला जानुपर्ने बाध्यता आउन लागेको छ । आवतजावतका दृष्टिकोणले दुर्गम भएपनि प्रविधिका दृष्टिकोणले यो बाध्यता भोग्नु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्