| सोमवार, कार्तिक २३, २०८३

सामान्य खोजी गरे भेटिन्छन्, लागुऔषध कारोबारी

‘लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तरर्राष्ट्रिय दिवस’ गोरखामा पनि विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको तत्वावधानमा साताव्यापी कार्यक्रम गरी दिवस सम्पन्न भएको हो ।

यसअवधिभरि प्रहरीले जिल्लाका विभिन्न ठाउँमा लगाइएका वा आफै उम्रिएका गाँजाका बोटहरु फँडानी ग¥यो । विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि ग¥यो । गोरखाका औषधी औषधी पसलहरुमा अनुमति विना बेच्न नपाइएको औषधीहरु अवैध रुपमा बिक्री भइरहेका छन् । विशेष गरी नवयुवाहरुले लागु औषधका रुपमा प्रयोग गर्ने मानसिक रोगका औषधीहरु अवैध रुपमा विक्री भइरहेका हुन् ।

युवाहरु सरासर औषधी पसलमा जान्छन् । नियमित यस्ता खालका औषधी किन्ने युवालाई देखेपछि औषधी पसलेलाई इशारा नै काफी । विशेषज्ञ चिकित्सकको प्रेस्क्रिप्सन न सिफारिस व्यापार न हो, चाहिए जति बेच्छन् । यसरी नै चलिरहेको छ । अवैध रुपमा मानसिक रोगको औषधी नबेच्ने औषधी पसल शायदै होलान् । विशेषज्ञ चिकित्सकको प्रेस्क्रिप्सनविना, सिफारिस बिना मानसिक रोगको औषधी बेच्नेहरुको खोजी, अनुसन्धान गर्ने, फेला पारेमा नसिहद दिने, सचेत गराउने जस्ता कार्यहरु बिगत बर्षहरुमा हुन्थे ।

तर यसबर्ष यस्तो गतिविधि देखिएन । त्यति मात्र होइन, गोरखामा मुग्लिन, आँबुखैरेनी, बारकिलो हुँदै सेटिङमा लागु औषध ओसारपसार हुने गरेको तथ्य विगतमा खुलेको थियो । यस्ता गतिविधिमा संलग्नहरुको बारेमा सादा पोशाकका प्रहरीले सुइँको पाएका हुन्छन् । गोरखा बजार, आरुघाट, भच्चेक, पालुङटारजस्ता बजार क्षेत्रमा र भर्खर(भर्खर बजार बिस्तार भएका माछाखोला जस्ता ठाउँहरुमा लागु औषधको कारोबार दिनदहाडै हुने गरेको छ । अनुमान होइन, थोरै मात्र खोज अनुसन्धान गर्ने हो भने यस्ता प्रमाण प्रसस्त भेटिन्छन् ।
औपचारिक कार्यक्रम मात्र भन्दा पनि प्रहरीले यस्ता लागु औषध प्रयोगकर्ता तथा ओसारपसारकर्ता, विक्रीकर्ताहरुको सघन खोजी गरी कारबाहीको दायरामा ल्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्